नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल रिपब्लिक मिडिया लिमिटेडले घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा अर्थात ४४.८८ प्रतिशतले घटेको हो ।

यस कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन आम्दानी १५ करोड ७९ लाखबाट घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च २ करोड ९१ लाखबाट घटेर १ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको र यसको रिटेन्ड अर्निङमा ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४४ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ ।

नेपाल रिपब्लिक मिडियाले नागरिक र रिपब्लिका दैनिक प्रकाशन गर्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *