शुक्रबार र शनिबार विशेष सावधानी अपनाउन मौसम विभागको आग्रह

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजकता अपनाउन नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पोस्ट मनसुनका बेला सामान्यतया राम्रो मौसम हुने भए पनि बङ्गालको खाडी र अरब सागरमा विकसित हुने न्यून चापीय क्षेत्र तथा चक्रवातले नेपालको मौसममा असर पार्ने देखिएको विभागले जनाएको छ।

विभागका अनुसार आगामी बिहीबारदेखि यसको प्रभाव देखिन थाले पनि शुक्रबार र शनिबार सबैभन्दा बढी प्रभाव रहने छ। सो अवधिमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै उनले उच्च पहाडी तथा हिमाली भूभागहरूमा बाक्लो हिमपात तथा हिमआँधी आउने सम्भावना रहेकोले पर्वतारोहण वा उच्च क्षेत्रमा नजान आग्रह गरिएको गरिएको छ।

विभागका अनुसार ठूलो बाढी आउने सम्भावना कम भए पनि दुर्गम क्षेत्र र बाटोहरूमा पहिरो जान सक्ने जोखिम रहने छ । पाकेको धानबालीमा मध्यम वर्षा वा हावाहुरीले असर पुर्‍याउन सक्ने हुनाले कृषि क्षेत्रमा र विशेषगरी शुक्रबार–शनिबार विशेष सावधानी अपनाउनुपर्ने विभागले जनाएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्