३ दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सो बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक, विशेषाङ्क,स्मारिका प्रकाशनलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने, नेपाली सेनाबाट सैनिक मञ्च, टुँडिखेलमा विभिन्न कार्यक्रम गर्ने र सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विभिन्न कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *