एस पावर क्यान इन्फोटेकमा ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- एस पावर क्यान इन्फोटेकको २९औं संस्करण माघ २५ देखि २९ गतेसम्म हुने भएको छ ।

कम्युटर एशोसिएसन नेपाल (क्यान) बिहीबार पत्रकार सम्मेलन गरेर इन्फोटेकका बारेमा जानकारी दिएको हो । भृकुटीमण्डपमा हुने मेला मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी भएको क्यानका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम् प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरूबीच गहन छलफल हुनेछ,’ उनले भने । इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने क्यानले जनाएको छ ।

इन्फोटेकको टाइटल स्पोन्सर एस पावर बीपीई प्रालिले गरेको छ । यस्तै प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिष्टम प्रालि रहेका छन् । यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकम/एनटेक र पीएनवई रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए८रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज(पीसीपीएस कलेज ) रहेका छन् ।

प्रदर्शनीलाई सफल रूपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।

मेलाको टिकेट इसेवामार्फत काट्‍ने सकिनेछ जसअन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *