आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री

No ads found for this position
No ads found for this position

विराटनगर- आफैँले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।

सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् ।

कार्की अझै थप्छन्, ‘फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् । तर, कक्षा कोठामा सबै अब्बल हुन्छन्, म लास्ट बेन्चर यतिबेला मुख्य मन्त्री छु ।’

साेही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला ? अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्यमन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै मुख्यमन्त्री कार्कीकाे आलाेचना भइरहेकाे छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *