दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौं- दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो ।

योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय