जाडोमा स्वस्थ रहन कस्तो खानेकुरा खाने ?

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- जाडो मौसममा चिसोबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका राख्दछ। चिसोमा शरीरलाई प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागि खानपानमा ध्यान दिनुपर्ने हुन्छ।

जाडोमा यस्ता खानेकुरामा ध्यान दिनुस्:

भिटामिन सीयुक्त खाद्यपदार्थ
भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसल शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त खाना सुन्तला, निम्बु, किबि, पालुंगोको साग आदि जस्ता खाद्य पदार्थ समावेश गर्न सकिन्छ।

चिसो खाना भन्दा फलफूल र तरकारी खाऔं
जाडोमा अत्यधिक चिसो, मसाला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ। यसले प्रतिरोधी क्षमता बढाउनका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न सकिन्छ।

तातो खानेकुराको सेवन
जाडोमा तातो खानाको सेवनले सरिरलाई न्यायो बनाउँछ जसले शरीरको तापक्रम घट्नबाट रोक्ने गर्छ। शरीरमा ऊर्जा बढाउनका लागिसमेत तातो खानेकुरा खानुपर्छ।

प्रोटिनको खपत बढाउने
सामान्यतया चिसोका कारण दैनिक गतिविधिहरूमा कम सक्रिय भइने हुँदा शरीरमा क्यालोरी सजिलै खपत हुँदैन। चिसोबाट बच्नका लागि अत्यधिक खानेकुराहरू खाइने हुँदा शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी हुन्छ, क्यालोरी सन्तुलनमा ल्याउनका लागि प्रोटिनयुक्त खाना उत्तिकै आवश्यक हुन्छ। प्रोटिनयुक्त खाद्यपदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइने भएकाले क्यालोरी नियन्त्रणमा आउँछ।

दैनिक कम्तीमा ६ गिलास पानी पिउनुस्
चिसोका कारण अधिकांशले पानी एकदमै कम प्रयोगमा ल्याउँछन्। जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन्। शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ।

अत्यधिक खाना नखाने
चिसोमा बढी सक्रिय नहुने हुँदा अल्छीपना निम्त्याउने गर्छ। योसँगै कमजोरीपन महसुस हुने हुँदा अत्यधिक खाना खान मन लाग्ने हुन्छ, जसले गर्दा अस्वस्थ जीवनशैली विकसित हुँदै जान्छ। आवश्यकभन्दा बढी खानाले तौल बढ्ने सम्भावना पनि बढेर जान्छ।

– एजेन्सीको सहयोगमा



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्