मन्त्री लिम्बुको नेतृत्वमा १२ वर्षपछि नेपाल स्काउटको निर्वाचन हुँदै (तस्बिरहरु)

निर्वाचन यही माघ २२ र २७ गते हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल स्काउट भित्र लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्ने प्रशंसनीय प्रयासमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले १२ वर्षको अन्तरालपछि निर्वाचन गराउन महत्त्वपूर्ण कदम चालेका छन् ।

यो कदमले नेपालमा पवित्र स्वयंसेवी संगठनको छवि बनाएको नेपाल स्काउटको १२ बर्से लामो सङ्क्रमण अन्त्य हुने भएको छ । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ ।

राजनीतिबाट अलग हुनुपर्ने विश्वव्यापी मान्यता बोकेको स्काउट अभियान कुनै समय नेपालका प्राय सबै विद्यालयमा पुगी सकेको थियो तर गणतन्त्र स्थापना पछि भने नेपाल स्काउट राजनैतिक खिचातानीको चङ्गुलमा नराम्ररी फस्न पुग्यो ।

२०६८ सालमा निर्वाचन भएको समितिले २०७० मा राजीनामा दिएपछि नेपाल स्काउट विभिन्न सरकारले गठन गरेको तदर्थ वादमा चल्दै आएको छ । यसै बिच मन्त्री लिम्बुले गत २०८० पौष २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन् ।

नेपाल स्काउट जस्तो परोपकारी छवि बोकेको संस्थामा आइपरेका पारदर्शिता, जबाफदेहिता र लोकतान्त्रिक मूल्यमान्यता, समावेशी र सहभागितामूलक शासन संरचनाको आवश्यकतालाई बुझ्दै सुशासनका समस्याहरू समाधान गर्ने दिशामा मन्त्री लिम्बुले चालेको यो कदम प्रशंसायोग्य छ ।

१२ वर्ष पछि हुन लागेको निर्वाचनले आम स्काउट सदस्यहरू, सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा प्रशंसा गरेका छन् ।  यस कदमले  भर्खरै मात्र एक लाख सदस्य सङ्ख्या पुर्‍याएको नेपाल स्काउटको लागि सामान्य अवस्थामा फर्किने मात्र होइन, युवा तथा बालबालिकालाई अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्र प्रेमी नागरिक उत्पादनको अभियानमा थप दृढ र मजबुत बनाउने जानकारहरू बताउँछन् ।

युवा तथा खेलकुद मन्त्रालयका अन्य धेरै महत्त्वपूर्ण विषय सम्बोधनका हकमा मन्त्री लिम्बु खरो उत्रिन नसकिरहेको वर्तमान अवस्थामा  नेपाल स्काउटमा रहेको दशक लामो सङ्क्रमणलाई सम्बोधन गर्न मन्त्री डिगबहादुर लिम्बुले गरेको यो पहलले युवा सशक्तीकरण र लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धनमा सरकारको प्रतिबद्धता केही हद सम्म सकारात्मक बनाउन सक्छ । साथै मन्त्रीपरिषद्को सदस्यको रूपमा मन्त्री लिम्बुको कार्यसम्पादनमा हरियो बत्ती बाल्न मद्दत पुग्न सक्छ ।

स्काउटमा १२ वर्षपछि निर्वाचन हुँदै, खेलकुदमन्त्री लिम्बुको सफलता 

१२ वर्ष सम्म निर्वाचन हुन नसकेको नेपाल स्काउटको तिनै तहको निर्वाचन यही मिति २०८० माघ २२ र २७ गते हुने भएको छ । गत २०८० पौष २३ गते मन्त्री लिम्बुको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद्को बैठकले १२ बर्सपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्हरूको निर्वाचन तोकेको हो ।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सञ्चालन गर्न युवा तथा खेलकुद मन्त्रालयले सहसचिव शिव रेग्मीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

बालबालिका तथा युवाहरूलाई अनौपचारिक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्र प्रेमी नागरिकको रूपमा उत्पादन गर्ने उद्देश्य बोकेको स्काउट अभियान विश्वका १७० भन्दा बढी मुलुकमा सञ्चालनमा छ ।

२०६८ यता राजनीतिक दलहरूको कोप भाजनको सिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पूर्ण प्रशासनिक कार्य गर्दै आइरहेको थियो । सरकार परिवर्तन भएपिच्छे नेतृत्व परिवर्तन हुँदै आइरहेको नेपाल स्काउटमा हुन लागेको निर्वाचनले मन्त्री लिम्बु र युवा तथा खेलकुद मन्त्रालयको कार्य सम्पादनमा सकारात्मक भूमिका खेल्ने जानकारहरू बताउँछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *