एमाले रौतहटको १० औं जिल्ला अधिवेसको चहल पहल सुरु, ओलीले उद्घाटन गर्ने

No ads found for this position
No ads found for this position

रौतहट- नेकपा एमाले रौतहटको जिल्ला अधिवेसको चहल पहल सुरु भएको छ ।

जिल्ला अधिवेसको तयारी तिब्र रुपमा भईरहेको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिएकाछन् ।

नेकपा एमालेको जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयन कार्य चन्द्रपुर नगरपालिका सहितका पालिकाहरुमा सम्पन्न भएको छ । आउदो माघ २५ र २६ गते हुने एमालेको १० औ जिल्ला अधिवेशनको लागी  शनिबार जिल्लाभरी नै प्रतिनिधि चयनको कार्य भएको हो ।

चन्द्रपुर नगरपालिकाले निर्बिरोध रुपमा १० वटै वाडबाट ५७ जना प्रतिनिधि चयन कार्य सम्पन्न गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन् ।

चन्द्रपुरको वाड वाडबाट प्रतिनिधि चयन गरिएको थियो । महिला,युवा,दलित तथा खुल्लाबाट जिल्ला अधिवेशनको लागी ५७ जना प्रतिनिधि चयन भएको अध्यक्ष आचार्यले बताए । चन्द्रपुरमा संघिय संसद तथा प्रदेश कमिटि सदस्य बिना साहलाइ निर्वाचन अधिकृतको रुपमा खटाएको थियो ।

रौतहटको अधिकांश पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन् ।

ति पालिकाहरुमा पनि १-२ दिन भित्र प्रतिनिधि चयन हुने केन्द्रिय सदस्य रेग्मीले बताए ।

रौतहटको १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा पालिकाबाट जिल्ला अधिवेशनको लागी ४ सय ३५ जना प्रतिनिधि चयन हुने भएका छन् ।

पार्टीका बिभिन्न जनसंगठनहरुले पनि प्रतिनिधि चयन गरेर पठाएका छन । रौतहटमा एमालेको अधिवेशनको सरमर्गी बढेको छ ।

गरुडामा हुने जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *