आजको विदेशी मुद्राको विनिमयदर, कतिमा हुँदैछ किनबेच?

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले यसदिन पनि स्थिर रहेको हो। आज अमेरिकीडलर एकको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको छ। यसअघि आइतबार पनि डलरको भाउ सोही मूल्यमा किनबेच भएको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसा घटेको हो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको सोमबार खरिददर १६८ रूपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ २४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०९ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ एक पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *