नेपाल-चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन्: चिनियाँ नेता हाइयान

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।

काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् ।

केही देशले नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् ।

क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चीर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् ।

नेपालमा थप पूर्वाधार विकास नीतिगत सुधारको खाँचो रहेको उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *