शाली नदीमा माघे स्नान सुरु (फोटो/भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । स्वस्थानीको पहिलो दिन आज बिहानै साँखुस्थित शाली नदीमा माघस्नान गर्नेहरूको भीड लागेको छ । यहाँबाट स्नानसहित माधवनारायणको मेला समेत सुरु हुन्छ ।

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्छन् ।

पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ ।

नोट: भिडियो कमेन्टमार्फत हटाउन अनुरोध गरिएकाले हटाइएको छ ।
सम्पादक ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *