पुर्ब जनमुक्ति सेनाका कमाण्डर पक्राउ गरेको बाबुराम भट्टराईको आपत्ति

No ads found for this position
No ads found for this position

काठमाडौं-। नेकपा माओवादी केन्द्रका पुर्व लडाकु कमाण्डर पक्राउ परेका छन् ।

पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका छन् ।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ ९ पूर्वी रूकुम ० लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *