नदी उत्खनन‍ रोकिँदैन, यसलाई लिएर मलाइ घेराबन्दी गर्न खोजियो: नगरप्रमुख

No ads found for this position
No ads found for this position

महोत्तरी- पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन भएको भन्दै चर्को विरोध भइरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने उत्खनन‍लाई रोक्न नहुने प्रतिक्रिया दिएका छन्।

उनले हाल नदीको उत्खनन मापदण्डअनुसार नै भइरहेको बताएका छन्। ‘मापदण्ड अनुसार नै नदी उत्खनन भइरहेको छ। विगतमा दोहन गरेर खान पल्केकाहरूले मात्र विरोध गरेका हुन्,’ उनले भने।

बर्दिवासस्थित वडा नम्बर ३ मा रहेको जनजागृति माध्यामिक विद्यालयको स्वर्ण जयन्तिमा बोल्दै नगरप्रमुख क्षेत्रीले आफूलाई घेराबन्दी गर्न खोजेता पनि त्यस्लाई तोड्ने दाबी गरे।

अघिल्लो सरकारलाई संकेत गर्दै विगतमा भएका बेथितिहरूलाई सच्याउँदै अगाडी बढेको पनि क्षेत्रीको भनाइ छ।

नगरप्रमुख क्षेत्रीले २०८४ को निर्वाचनको समेत आफू उम्मेदवार रहने खुलासा गरे। यसैक्रमा चुनाव वेला  प्रतिस्पर्धा गर्न उनले राजनीतिक दलहरूलाई चुनौती दिएका छन्। पार्टीबाट टिकट नापाएपछि स्वतन्त्ररुपमा जितेका क्षेत्री केही समयअघि नेपाली कांग्रेसमै फर्किएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *