इजरायली हमलामा २५ हजार बढी प्यालेस्टाइनीले ज्यान गुमाए

No ads found for this position
No ads found for this position

गाजा- इजरायली हमलामा परी अहिलेसम्म २५ हजार भन्दा प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।

प्यालेस्टाइनी अतिबादी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा गाजामा २५ हजार भन्दा बढी मानिस मारिएका छन्।

विगत २४ घण्टामा १ सय ७८ जनाको मृत्यु भएको छ भने जारी युद्धको अहिलेसम्मकै सबैभन्दा घातक भएको मन्त्रालयले जनाएको छ ।

युद्ध जारी रहँदा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि प्यालेस्टाइन राज्य बनाउन अस्वीकार गरेका छन ।

इजरायलले ७अक्टोबरको आक्रमण पछि आफ्नो आक्रमण सुरु गरेका थियो, जसमा हमास लडाकुहरूले दक्षिणी इजरायलमा १४ सय मानिसहरूलाई मारेका थिए र २४० भन्दा बढीलाइ बन्धक बनाएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *