राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण माघ २४ गते इटहरीमा

No ads found for this position
No ads found for this position

काठमाडौं- राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ ।

यस अघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भए पछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण संचालन गरिनेछ।

यस अघि मध्यमाञ्चलको काठमाडौं, तराई-मधेशको महोत्तरी, लुम्बिनिको रुपन्देही, कर्णालीको सुर्खेत, सुदुरपश्चिमान्चलको कंचनपुर, पश्चिमान्चलको पोखरामा प्रशिक्षण सम्पन्न भएका थिए ।

पूर्वाञ्चलको कार्यक्रमको निमित्त सुनसरी जिल्ला समितिको बैठक बसि तयारी शुरु भैसकेको र जिम्मेवारी बिभाजन गरि विभिन्न समितिहरु समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेम प्रसाद भट्टराईले जानकारी दिए। आन्दोलन र संगठन निर्माणलाई पार्टीले सङ्गै लैजाने नीति अनुरुप काम भैरहेको पार्टीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *