आजपाले माघ ११ गते मधेस बन्द गर्न आइटी आर्मी मोर्चा बनाउँदै

No ads found for this position
No ads found for this position

रौतहट-  पुर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ ।

अध्यक्ष साहको गृह नगर मौलापुरको पतौरा स्थित जवाहर आधारभुत बिधालयमा सनिवार सम्पन्न मौलापुर नगरस्तरीय आईटी आर्मीको भेलाले मधेस बन्द सफल बनाउँने निर्णय गरेको हो।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलालाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए । बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिएका छन्।

बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिएका छन्।

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।

भेलामा आजपा महासचिव उपेन्द्र साह, सचिव एवं संविधान सभा सदस्य समिना हुनेस लगायत  आइटी आर्मीका हजारौं युवाहरुको सहभागिता रहेको थियो ।

त्यस्तै आमजनता पार्टी निकट आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक सनिवार रौतहटको मौलापुरमा सम्पन्न  भएको छ।

आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक “महिलालाई राज्यको हरेक तह र निकायमा ५१५ अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय सहित सम्पन्न भएकोछ । मौलापुर पार्क होटलमा बसेको उक्त बैठकको अध्यक्षता मोर्चा अध्यक्ष कुमारी बबिताले गरेकी थिइन्। कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कार्जा दिलाउनको लागि घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उता मौलापुर पार्क होटलको सभा हलमा आम मुस्लिम मोर्चाको केन्द्रीय समितिको बैठक सम्पन्न भएकोछ । मोर्चाको अध्यक्ष लालबाबु मंसूरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मदर्सा ऐन र मदर्सा बोर्ड गठनको लागि निर्णायक संघर्ष गर्ने साथै बैंकिंग लुटको विरुद्ध घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने निर्णय गरेकोछ । बैठकमा मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *