एशियन कप: बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन

No ads found for this position
No ads found for this position

काठमाडौँ- जारी एशियन कपमा दक्षिण कोरिया र जोर्डन बराबरीमा रोकिएका छन् ।

समुह इ अन्तर्गत शनिबार सम्पन्न खेलमा दक्षिण कोरिया र जोर्डन २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

दक्षिण कोरियाले ९१औ मिनेटमा गोल गर्दै यस खेलमा हारबाट बचेको थियो । दक्षिण कोरियाको बराबरी गोल भने जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेका थिए ।

यस अघि दक्षिण कोरियाका लागि सन् हेंग मिनले खेलको नवौं मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दै शुरुवात अग्रता दिलाएका थिए । १-० ले पछि परेको जोर्डनले खेलमा कमब्याक गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो ।

जोर्डनका लागि एक गोल याजन अल नियामतले गरेका थिए भने अर्को गोल दक्षिण कोरियाका पार्क योंग यूले आत्मघाती गोल गरेका थिए ।

यो बराबरीपछि जोर्डन र दक्षिण कोरियाको समुह इ मा २-२ खेलमा ४-४ अंक भएको छ र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

अब समुह चरणको अन्तिम खेलमा आगामी विहिबार दक्षिण कोरियाले मलेसियाको सामना गर्ने छ भने जोर्डनले बहराइनको सामना गर्ने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *