दोस्रो पटक पनि घट्यो चीनको जनसंख्या, बिज्ञहरू चिन्तित

No ads found for this position
No ads found for this position

काठमाडौं- सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ ।

जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ ।

चिनिया सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ । यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिइएको छ । साथै, जन्मदरमा आएको गिरावटले चीनका लागि ठूलो समस्या खडा गर्न सक्ने आशंका गरिएको छ ।

हाल चीनको जनसंख्या १४० करोड छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा चीन दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ।

पछिल्लो दुई वर्षयता चीनमा कोभिड–१९ का कारण मृत्यु हुने क्रम जारी छ । यसबाहेक जन्मदरमा पनि कमी आएको छ । यी दुई कारणलाई जनसंख्या घट्नुको सबैभन्दा ठूलो कारण मानिएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ मा चीनमा ८.५ लाख मानिसको मृत्यु भएको थियो । गत वर्षको तुलनामा प्रति हजारमा जन्मदर ६.३९ प्रतिशतले घटेको छ । चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि पहिलो पटक यस्तो गिरावट आएको हो।

मुलुकमा काम गर्ने व्यक्तिको उमेर १६ देखि ५९ वर्षको बीचमा रहेकोमा सन् २०२२ मा १० करोड ७५ लाखले घटेको छ । ६० वर्षभन्दा माथिका मानिसको सङ्ख्या बढेको छ । सन् २०२२ मा ६० वर्षभन्दा माथिका व्यक्तिको सङ्ख्या १६.९३ मिलियनले बढेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *