एशिया कपमा भारतको लगातार हार

No ads found for this position
No ads found for this position

काठमाडौँ- भारतले जारी एशिया कपमा लगातार दोस्रो हार बेहोरेको छ ।

गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक गोल गरेका थिए ।

यो जितपछि उज्बेकिस्तानको २ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतले भने लगातार दोस्रो हार बेहोरेर समुहमा पुछारमा रहेको छ । अब यो हारसँगै भारत दोस्रो राउण्डको दौडबाट पनि बाहिरिएको छ ।

अब भारतले अर्को खेल आगामी मंगलबार सिरियासँग खेल्ने छ । त्यस्तै उज्बेकिस्तानले अर्को खेल मंगलबार नै अस्ट्रेलियासँग खेल्ने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *