भारतीय महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका तामाङ पक्राउ

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर भारतीय महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले धादिङ साबिक सेमजोङ गाविसका-८ हाल मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन्।

३३ वर्षदेखि फरार रहेका उनलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए।

ती महिलालाई तामाङले २०४७ साल चैत ३ गते काठमाडौंबाट काँकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर बेचबिखन गरेको आरोप थियो। त्यसयता तामाङ फरार भएका थिए।

पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए। तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौंबाट बागडोग्रा पुर्‍याएका थिए।

तामाङले त्यहीँको एक घरमा पुर्‍याएर दुई जनाको जिम्मामा छोड्दै आफू भोलि आउने भन्दै फर्किएका थिए। तर, उनी आएनन्।

तामाङले ती दुई जना भारतीयबाट १० हजार भारु लिएर महिलालाई बेचेको खुलेको छ।

ती भारतीयले महिलालाई रिक्सामा राखेर लैजाने क्रममा हाम्फालेर नजिकको प्रहरी सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले काँकडभिट्टामा ल्याएर छोडिदिएको थियो।

उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान भइरहेको छ। तामाङलाई अदालतबाट मानव बेचबिखन मुद्दामा थुनामा राख्न अनुमति लिइएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्