प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, खड्का कार्यवाहक प्रधानमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् ।

उनी आज बिहान कतार एअरलाइन्सबाट सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

खड्का कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *