रुसी सेनामा भर्ना भएका लमजुङका साजन गुरुङको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ।

लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए।

गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि आएको हो। वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए।

गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए। उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए।

साजनको मृत्युको खबर पाएपछि परिवारले काजकिरिया समेत गरेका छन्। पुस २९ गते नै परिवारले छोराको काजकिरिया सकेको वडाध्यक्ष गुरुङले बताए।

साजनका बुवा-आमा, श्रीमती र एक छोरा छन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *