अफ्रिकन कप: सलाहले इजिप्टलाई हारबाट जोगाए, घाना स्तब्ध

No ads found for this position
No ads found for this position

काठमाडौँ- अफ्रिकन कप अन्तर्गत इजिप्ट बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इजिप्ट मोजाम्बिकसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ९७औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमार्फत गोल गर्दै इजिप्टलाई हारबाट जोगाएका थिए । त्यसअघि इजिप्टका लागि मोस्तफा मोहमदले पहिलो गोल गरेका थिए । त्यस्तै मोजाम्बिकका लागि विटी र क्लेसिओ बाउक्यूले एक एक गोल गरेका थिए ।

त्यस्तै गएराती सम्पन्न समुह बी कै अर्को खेलमा कप भर्डेले घनालाई २-१ ले पराजित गरेको छ ।

खेलको ९७औं मिनेटमा केप भर्डेका लागि ग्यारी रोड्रीगेजले गोल गर्दै घानालाई स्तब्ध पारेका थिए ।

अफ्रिकन कप अन्तर्गत गएराती नै समुह ए को खेलमा नाइजेरिया र् इक्वेटोरियल जिनी १-१ गोलको बराबरीमा रोकिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *