राष्ट्रपति मोहम्मदले भारतलाइ भने, ‘१५ मार्च भित्र सबै सेना फिर्ता लैजानु’

No ads found for this position
No ads found for this position

माले- माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई मार्च १५, २०२४ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन् ।

भारतीय सेना फिर्ता गर्ने विषयमा औपचारिक वार्ता सुरु हिजोबाट त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

भारत र माल्दिभ्स बिच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुको यो भनाइ आएको हो ।

राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।

बैठकमा माल्दिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत सहभागिता रहेको द माल्दिभ्स जर्नलले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *