डा. आरजुलाइ धन्यवाद दिँदै अध्यक्ष गुरुङ भने: भूकम्प पीडितको घाउमा मलम लगाउने काम जारी छ

No ads found for this position
No ads found for this position

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्र जाजरकोटमा नेपाल तरुण दलले अस्थायी घर टहरा निर्माण गरेको छ ।

भूकम्पमा परि घर बार बिहान भएका घर परिवारलाई तरुण दलले ७२ वटा अस्थायी टहरा निर्माण गरेको अध्यक्ष विद्वान गुरुङले बताए ।

अध्यक्ष गुरुङले भूकम्प पछि जाजरकोटमा कुनै संघ संस्थाले त्यस ठाउँमा सहयोगको पहल नगरेको कारण तरुण दलले त्यहाँका भूकम्प पीडित परिवारहरु लाई आँफूले कुनै पनि पार्टी र कार्यकर्ता नभनी अस्थायी टहरा निर्माण सम्पन्न गरेको बताए ।

शुक्रबार नेपालगन्जमा आयोजित जाजरकोट भूकम्प पीडित सुत्केरी, गर्भवती तथा सीमान्तकृत महिलाहरूलाई ‘डिग्निटी किड’ एवं पौष्टिक तथा पोसिलो आहारको झोला हस्तान्तरण कार्यक्रममा अतिथिको रूपमा बोल्दै गुरुङले उर्जामन्त्री शक्ति बस्नेतको वडामा समेत तरुण दलले अस्थायी घर टहरा बनाएको बताए ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष गुरुङले भने, ‘सहयोगको नाममा केही-केहिले त्यहाँको जनताको भावनामा खेली एक दिन जाने र फेसबुक र मिडियामा प्रचार बाजि गर्ने कार्यले भूकम्प पीडितहरू निराश र त्रसित भएका रहेछन् ।’ हामीसँग पनि त्यहाँका बासिन्दाहरू सुरु-सुरुमा बोल्न हिचकिचाउने कार्यले काममा केही अप्ठ्यारो र बाधाहरू आए । उनले भने, जब टहरा बनाउने क्रममा खावा खडा गरी टिनको छानो लाउने काम सरुभयो त्यसपछि मात्र त्यहाँको जनताले तरुण दलमाथि विश्वास गरे। गुरुङले जनताले विश्वास गरेपछि अहिले तरुण दल त्यहाँ जाँदा बच्चा देखि वृद्धा सम्मको अनुहारमा मुस्कान आउने बताए ।

डा . राणाको पहलमा ‘रुडक’ जस्तो धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर संस्थाको सहयोगमा उक्त ‘डिग्निटी किड’ हस्तान्तरण कार्यक्रममा अध्यक्ष गुरुङले अझै पनि जाजरकोटको विभिन्न ठाउँमा समस्या रहेको र डा. राणाको पहलमा भएको यो ‘डिग्निटी किड’ ले धेरैको घाउमा मलम लगाउन मद्दत पुगेकोमा धन्यवाद दिए ।

डा. राणाले कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलले बोल्ने मात्रै हैन व्यवहारमै अस्थायी टहरा निर्माण गरेको हुनाले उक्त ‘डिग्निटी किड’ तरुण दल मार्फत नै जाजरकोटको भूकम्प पीडितकोमा पुगोस् भनी तरुण दल अध्यक्ष गुरुङलाई उक्त झोलाहरू हस्तान्तरण गरिन्।

तरुण दल अध्यक्ष गुरुङले जाजरकोट तरुण दललाई अनुशासित ढङ्गले पक्षपात नगरी उक्त सामाग्री जाजरकोटको भूकम्प पीडितकोमा पुर्‍याउन निर्देशन दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्री रोज राणा, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी ,नेपाल तरुण दलको केन्द्रीय सदस्यहरू सरोज न्यौपाने, सरिन घिमिरे, केशर खड्का, स्मिता मोक्तान तामाङ लगायत विभिन्न जिल्लाको तरुण अध्यक्ष हरुको सहभागिता रहेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *