होफेनहेइममाथि बायर्न म्युनिखको शानदार जित

No ads found for this position
No ads found for this position

काठमाडौं- बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा होफेनहेइमलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होफेनहेइममाथि ३-० को शानदार जित हासिल गरेको हो ।

बायर्न म्युनिखको जितमा जमल मुसियालाले २ गोल गरेका थिए भने ह्यारी केनले एक गोल गरेका थिए । यो ह्यारी केनको यस सिजनमा २२औं गोल हो ।

आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवानडोस्कीले राखेको रेकर्डको बराबरी गरेका छन् ।

यस खेलमा होफेनहेइमका ग्रिस्चा प्रोमेलले खेलको ७४औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए ।

यो जितपछि बायर्न म्युनिखको १६ खेलमा ४१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै होफेनहेइमको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *