आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।

तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले बिभिन्न टुक्रामा बिभाजित तथा स-साना राज्य समेटेर बिशाल नेपालको परिकल्पना गरेका कारण उनीलाइ सदैव सम्झने गरिँदै आएको छ ।

आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उनका ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रमका साथ भब्य रूपमा मनाइदैँछ ।

पृथ्वी जयन्तीको अवसरमा आज प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए ।

तस्बिर: एआई ।

उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए ।

पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँन सार्वजनिक बिदाको परम्परा पुन: सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

यस्तै नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *