राष्ट्रिय सभा सदस्य निर्वाचन: उम्मेदवारको नामावली प्रकाशन हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ ।

हिजो र अस्ति उम्मेदवारी माथी उजुरी र छानबिन प्रक्रिया सम्पन्न गरे पछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।

फागुन २० गते रिक्त हुन गइरहेको २० राष्ट्रियसभा सदस्य मध्ये १९ जनाका लागि माघ १३ गते निर्वाचन हुदैँछ ।  एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए, जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुटाइएको थियो ।

उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ, सो प्रकाशित नामावलीमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन ।

भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *