चिसोबाट बच्न बालेको आगो आफ्नै शरीरमा सल्कियो, ७५ वर्षीया महिला गम्भीर

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

बर्दिया- बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन्।

बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारू जलेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्। उनले ओढेको ब्लाङकेटबाट आगो सल्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ।

थारूलाई बर्दिया अस्पताल हुँदै थप उपचारको लागि नेपालगन्ज लगिएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्