भक्तपुर नगरपालिकाबाट लिइने एसईई तयारी परीक्षा सुरू

No ads found for this position
No ads found for this position

भक्तपुर- भक्तपुर नगरपालिकाद्वारा भक्तपुर नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र गुठीमा सञ्चालित सबै प्रकारका विद्यालयहरूका लागि लिइने एसईई तयारी परीक्षा बुधबारबाट सुरू भएको छ ।

भक्तपुर नगरभित्र सञ्चालित एक खुलासमेत १४ वटा सामुदायिक र ४५ वटा संस्थागत गरी जम्मा ५९ वटा विद्यालयबाट २ हजार ४ सय ५५ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् ।

१४ वटा सामुदायिक विद्यालयमा एक खुला विद्यालयसमेत गरी सामुदायिक विद्यालयबाट ४ सय ५२ जना छात्रा र ३ सय ७१ जना छात्र गरी जम्मा ८ सय २३ जना विद्यार्थी सहभागी भएका छन् ।

त्यस्तै ४५ वटा संस्थागत विद्यालयबाट ७ सय १५ जना छात्रा र ९ सय १७ जना छात्र गरी जम्मा १ हजार ६ सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । भक्तपुर नगरभित्र सात वटा परीक्षा केन्द्रमा सुरू भएको परीक्षा माघ ७ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

भक्तपुर नगरपालिकाले विद्यार्थी र जिल्लाको शैक्षिक स्तर वृद्धि गर्न गत वर्षदेखि कक्षा १० को एसइई तयारी परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा सुरू गरेको थियो । यस वर्षको कक्षा ८ को आधारभूत शिक्षा (कक्षा ८) परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा भने चैतको पहिलो साताबाट सञ्चालन हुने जनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *