आजको विदेशी मुद्रा: डलर संगै युरो पनि बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

मंगलबार अमेरिकी डलर र युरोपियन युरो सामान्य पैसाले बढेको छ ।जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ
सोमबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

यसैगरी मंगलबार युरो एकको खरिदमा १४५ रूपैयाँ २६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९० पैसा तोकिएको छ । साेमबार युरो एकको खरिद मूल्य १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५१ पैसा तोकिएका थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रूपैयाँ २१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ १८ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६३ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ १९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २३ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ७ पैसा तथा बिक्री दर १० रूपैयाँ ११ पैसा कायम गरेको जनाइएको छ ।

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीदर २८ रूपैयाँ ६७ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६९ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *