१२ वर्षपछि स्काउटको निर्वाचन हुँदै, निर्वाचनमा उत्साहजनक सहभागिता

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल स्काउटको निर्वाचन अन्तर्गत स्थानीय पालिका परिषद् निर्वाचनको उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ ।

आइतबार भएको मनोनयन दर्तामा देश भरबाट स्थानीय परिषद् सदस्यका लागि १ हजार ६ सय १३ जानाले उम्मेदवारी दिएको जानकारी केन्द्रीय निर्वाचन समितिका संयोजक मुकुन्द अधिकारीले बताए ।

वि.स. २०६८ पछि निर्वाचन गर्ने प्रयोजनका लागि बनेका ४ वटा तदर्थ समितिहरूले स्काउटको निर्वाचन गराउन सकेका थिएनन् । करिब १२ वर्ष पछि हुन लागिरहेको नेपाल स्काउटको स्थानीय, प्रदेश र केन्द्रीय परिषद्को निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ ।

नेपाल स्काउटले पूर्व निर्धारित निर्वाचन तालिका अनुसार आइतबार स्थानीय परिषद् सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराएको हो ।

आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको निर्वाचन आगामी पौष २७ देखी २९ मा हुनेछ भने प्रदेश र केन्द्रीय परिषद्को निर्वाचन काठमाडौंमा हुने नेपाल स्काउटले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *