राष्ट्रिय सभा सदस्य निर्वाचन: यी हुन् कांग्रेसका १० उम्मेदवार

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसले संस्थापन पक्षका ७ र संस्थापन इतरका बाट ३ सहित १० राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो।

यसअनुसार कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेतले टिकट पाएका छन्। यसैगरी गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन्।

लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ। कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *