सत्तागठबन्धनले टुंगायो राष्ट्रियसभाको सिट बाँडफाँट, माधव नेपालको असन्तुष्टि कायमै

No ads found for this position
No ads found for this position

काठमाडौं- बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ।

जसअनुसार नेपाली कांग्रेस १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी पार्टी २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन्।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको सिट बाँडफाँट टंगिएको बताए।

उनले क्लस्टरमा पनि लगभग सहमति जुटिुसकेको बताए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूलाई ३ सिट दिनु पर्ने अडान राखेका थिए। तर उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाले २ सिट मात्रै दिन सकिने बताउँदै आएका थिए।

कांग्रेस नेता लेखकले सहमति भएको बताए पनि एकीकृत समाजवादीका नेताहरूले भने अझै सहमति जुट्न नसकेको बताएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *