कार्यसम्पादन, सुधार र क्षमता विकासका लागि गृह मन्त्रालयले माग्यो सुझाव

No ads found for this position
No ads found for this position

काठमाडौँ- गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ।

गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ।

कार्यसम्पादन सुधार र क्षमता विकासका लागि मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ।

अध्ययनपछि समितिले गृह प्रशासन सुधारका लागि चाहिने योजना र रायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाउने छ। सोही प्रतिवेदनका आधारमा सुधारका काम अघि बढाइने छ।

मुख्यगरी स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी र अध्यागमन सुधारका विषयमा सुझावका लागि विषय राखिएको छ।



प्रतिक्रिया

One thought on “कार्यसम्पादन, सुधार र क्षमता विकासका लागि गृह मन्त्रालयले माग्यो सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *