राष्ट्रिय सभा निर्वाचन: गठबन्धनमै सिट बाँडफाँट हुने, एमालेसँग सहकार्य नगर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग कुरा नमिले पछि सरकारमा सहभागी गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बिनै सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचनको सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए।

उनले भने, ‘राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भयो। बैठक आज पुनः ४ बजे बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्नेछ। यस पछि राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ। गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ।’

उनले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुंगोमा पुर्याउने बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *