जनतामाथि गोली प्रहार गर्न बन्दको माग गर्दै तरुण दलले माग्यो प्रशासनसँग स्पष्टीकरण

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृह प्रशासन सँग स्पष्टीकरण माग गरेका छन् ।

सर्लाही बरहथवा नगरपालिकाको घटनामा निर्दोष जय शंकर शाह लाई प्रहरी गोली हानि मृत्यु भएको घटनाको निन्दा गर्दै अध्यक्ष गुरुङले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अध्यक्ष गुरुङले दिनदिनै निर्दोष जनतामाथि गोली प्रहार गर्न बन्द गरिनुपर्छ भन्दै गृह प्रशासन सँग स्पष्टीकरण माग गरेका छन्।

सर्लाहीको बरहथवा नगरपालिकास्थित नगर अस्पतालको स्तरोन्नति गर्ने वा नगर्ने विषयमा झडप हुँदा हिजो प्रहरीले गोली चलाएको थियो।

प्रहरीको गोली लागि बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु थियो।

स्थानीय प्रशासनले सर्लाहीको बरहथवा नगरपालिका ५ मा हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

कर्फ्युको आदेश उल्लंघन गर्दै आज बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु भएपछि प्रशासनले कर्फ्यूको समय थप २४ घण्टा बढाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *