सर्लाहीको बरहथवामा भोली विहान ८ बजेसम्म कर्फ्यू

कर्फ्यु उल्लंघन गर्दै स्थानीयले फेरि सुरु गरे प्रदर्शन

No ads found for this position
No ads found for this position

जनकपुरधाम- स्थानीय प्रशासनले सर्लाहीको बरहथवा नगरपालिका ५ मा कर्फ्यूको समय २४ घण्टा थप गरिएको छ ।

प्रशासनले कर्फ्यु आदेश जारी गरेपनि स्थानीयले उल्लंघन गर्दै आज बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्।

स्थानीय अस्पतालको स्तरोन्नतीको विषयलाई लिएर शुक्रबार दिउँसो भएको प्रदर्शन झडपमा परिणत भएपछि हिजो बेलुका साढे ५ बजेदेखि आज विहान ८ बजेसम्म प्रशासनले बरहथवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोली विहान विहान ८ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गरिने चेतावनी पनि दिएको छ ‌।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *