भारतीय विदेशमन्त्री काठमाडौंमा, राजनीतिक भेटघाट सुरु

No ads found for this position
No ads found for this position

काठमाडौं- भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आइपुगेका छन्। नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनि नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद,परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्रका अधिकारीले उनलाई स्वागत गरेका छन्।

बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनयमोहन क्वात्रा,विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तव पनि काठमाडौं आइपुगेका छन्। काठमाडौं उत्रेलगत्तै मन्त्रीको टोलीले भेटघाट सुरु गरेको छ।

नेपालमा २ दिनसम्म रहने मन्त्री जयशंकर अहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । यस्तै १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने तालिका रहेको छ ।

जयशंकर १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग वार्ता हुनेछ । आजै सवा १ बजे याक एण्ड यतिमा नेपाल(भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् भने पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको छ ।

यस्तै ३:४० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्य तालिका रहेको छ ।

सन् १९८७ मा संयुक्त आयोग गठन भएको थियो। आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरिँदै आएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *