राष्ट्रियसभामा एमालेलाई ल्याइ टिआरसी र विभिन्न काण्डबाट बच्न खोज्दैछन्: शेखर कोइराला

कोशीमा सरकार बनाउँदा गठबन्धन धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू अहिले मिल्न खोज्दैछन्

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रियसभामा नेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा गरेपछि कांग्रेस नेता शेखर कोइराला आक्रोशित भएका छन् ।

उनले गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै एमालेलाई के चाहियो ? भनेर प्रश्न गरेका छन् ।

कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप उनले लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छ: सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *