हर्ट अट्याक कसरी हुन्छ ? यसबाट जोगिने यस्ता छन् उपाय

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- छातीको बिच भाग वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने, सरिरमा पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने यस्ता हर्ट अट्याक (हृदयाघात)को हुने लक्षण हुन्।

यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ। हर्ट अट्याक अकस्मात हुने मुटुको रोग हो।

हर्ट अट्याक कारण यस्ता छन्:

१) अत्याधिक मदिरा सेवन गरेमा
तपाईं नियमित रुपमा अत्याधिक मदिरा सेवन गर्नुहुन्छ भने हर्ट अट्याकको सम्भवना धेरै हुन्छ।

२) मानसिक तनाव बढी लिएमा
तपाईं मनका कत्तिको चिन्ता लिनुहुन्छ ? चिन्ताले मानसिक तनाव वा डिप्रसन भएका मानिसहरुलाई पनि हर्ट अट्याकको सम्भावना हुन्छ।

३) उच्च कोलेस्टेरोल भएमा
तपाईंमा उच्च कोलेस्टेरोल छ भने यसले हर्ट अट्याकको खतरा ३ गुणा बढाँउछ। रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्ट अट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ।

४) धूम्रपान गरेमा
मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ। धूम्रपानले हर्ट अट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ। जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्ट अट्याकको सम्भावना बढ्दै जान्छ।

५) उच्च रक्तचाप भएमा
उच्च रक्तचाप भएको व्यक्तिमा हर्ट अट्याकको सम्भावना २ गुणा बढि हुन्छ। उच्च रक्तचाप भएका हरुले बेला बेला रक्तचाप चेक गराइरहनु पर्छ र डाक्टरको सल्लाह अनुसार औसधी खानु पर्छ ।

६) मधुमेह भएमा
मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्ट अट्याक हुने सम्भावना धेरै हुन्छ। मधुमेह भएका व्यक्तिमा हर्ट अट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ। लामो समयदेखी मधुमेह छ भने हर्ट अट्याकको सम्भावना झन् बढी हुन्छ।

७) मोटोपना भएमा
पेट ठुलो र मोटोपना भएका मानिसमा हर्ट अट्याकको सम्भावना हुन्छ।

८) वंशाणुगत
परिवारमा कसैलाई हर्ट अट्याक भएको छ भने अन्य सदस्यलाई पनि वंशाणुगत रुपमा हर्ट अट्याक हुने सम्भावना हुन्छ।

हर्ट अट्याकबाट कसरी जोगिने ?

१) शाकाहारी आहार मात्र सेवन गर्ने। शरीरको तौल घटमउने गर्ने। गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक खानुपर्छ।

२) अत्यधिक नूनको प्रयोग नगर्ने। खानामा नुनको मात्रा घटाउने। चिल्लो कम खाने र खानामा गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको प्रयोग गर्ने।

३) खानामा मासु भन्दा माछा धेरै खाने।

४) तनाव नियन्त्रण गरौं। दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने।

५) भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग यसले पनि हर्ट अट्याकबाट रोकथाम गर्छ।

६) महिलाले दिनमा एक ड्रिंक रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हर्ट अट्याकको समस्या कम गराउँछ। तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन्। तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पुर्‍याउँछ।

७) काचो वा हल्का तेलमा भुटेर २/३ केस्रा लसुनको प्रयोगले खाने। लसुनले रगतलाई पातलो बनाउँछ।

– एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्