जाडोमा तपाईंलाई रुघा लागिरहन्छ ? जोगिने यस्ता छन् उपाय

No ads found for this position
No ads found for this position

काठमाडौं- जाडोमा अत्यधिक चिसोका कारण रुघा खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्।

रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता कुराले तनाव दिन्छन्।

घरमा कसैलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स-साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने गर्छ। रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका थुनेर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ।

रुघाबाट जोगिने निम्न उपाय लगाउन सकिन्छ।

रुघा लागेको व्यक्तिको सम्पर्कभन्दा टाढा रहने:

रुघा लागेका व्यक्तिबाट टाढा रहनु पर्छ। उ सँग नजिक वा मुखामुख हुने गरी नबस्ने। यदि बस्नु परेमा मास्क लगाउनु पर्छ। रुघा संक्रमित व्यक्तिको लत्ता कपडा प्रयोग नगर्ने।

नुनपानीले घाँटी कुल्ला गर्ने

रुघाले घाँटीमा खसखस हुन्छ । यस्तो बेला मनतातो पानीमा नुन हालेर गारगल गरेमा दुखाई कम हुन्छ। सम्भव भए दिनमा ५/६ चोटि गारगल गर्ने । यो घाँटि दुखेको र थुक निल्न गाह्रो भएको बेलामा गर्नुपर्छ। यसले घाँटीको दुखाइ र संक्रमण पनि कम गर्छ।

मनतातो पानीमा मह र कागती मिसाएर पिउने

घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले फाइदा हुन्छ। यसले शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ र महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ। यसमा अदुवा मिसाएर पनि प्रयोग गर्न सकिन्छ।

तातो पानीको वाफ लिने

सम्भव भएमा त पुरा जिउ नै तातो पानीको बाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सुक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मांसपेशीलाई पनि धेरै फाइदा हुन्छ। बाफ लिन पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर बाफ लिन सकिन्छ।

भिटामिन सी भएका खानेकुरा खाने

भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ। भिटामिन सी भएका खानेकुराहरु अमला, कागती, फल र भोजनको प्रयोगले शरीरमा भिटामिन सीको बढाउँछ।

औषधि
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन तर टाउको दुखेको, जिउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोल, साइनेक्स जस्ता औषधि प्रयोग गर्न सकिन्छ। यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जिउलाई धेरै आराम हुन्छ।

घरेलु ओखती
तुलसी प्राय सबैको घरमा पाइन्छ। तुलसीको पात र दानालाई दुईतिन गिलास पानीमा उमालेर आधा गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ। आजकल त तुलसीको चिया नै पनि बजारमा आउन थालेको छ।

आराम र पानी
रुघा लाग्नुभन्दा अघि धेरैजना नाक र घाँटीमा के के भएजस्तो, बालुवा रहेको जस्तो, खसखस भएजस्तो हुन्छ भन्ने गर्छन्। यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी कागती हालेर पिउनुपर्छ।

पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिसाबबाट चाँडै बाहिर निस्कन्छन्। पानी मात्र पिउन मन नलागे तरकारीको तातो सुप पर्याप्त मात्रामा पिउनुपर्छ।

– एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *