राष्ट्रिय सभामा एमालेलाई समेट्नेबारे गठबन्धनमा आज पनि छलफल हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर लैजाने विषयमा छलफल हुँदैछ।

यसअघि बुधबार पनि सत्तारुढ गठबन्धनका ४ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा आफूलाई शुन्य नबनाउन भनेर एमालेबाट प्रस्ताव आएको ब्रिफिङ गरेका थिए।

गठबन्धनको बैठक अगाडि बुधबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक बसेको थियो। उक्त बैठकमा पनि एमालेलाई राष्ट्रिय सभा निर्वाचनमा समेट्नेबारे छलफल भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *