प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको शासन तोड्न छिनाले हानिरहेका छौं: गगन थापा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका छन् ।

बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

हामीले संविधान बनायौँ । ट्रयाकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरु बनेका छन् । बिस्तारै संस्थाहरुलाई बलियो बनाउने प्रयास भइरहेको छ । थापाले भने, ‘अर्थतन्त्रमा परिवर्तन आएको छैन । शासकहरुको प्रवृत्तिमा जुन परिवर्तन ल्याउनुपर्ने हो भएको छैन ।’

थापाले खासगरी नेपाल पाँच/छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताए । नेपालको राजनीति नै उहाँहरुको नियन्त्रणमा छ । झगडा गरेपनि उहाँहरु र मिलेपनि उहाँहरु एक छिनमा छलफलमा सँगै बस्ने उनले बताए ।

थापाले भने, ‘मैले पढेको प्रजातन्त्रमा एउटै नेता २०/२५ वर्षदेखि यतिधेरै भुतपुर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश काहिँ भेटिन ।’

यतिधेरै भुतपूर्व प्रधानमन्त्री, अहिले गठबन्धनको बैठकमा जान्छु, त्यहाँ एकले अर्कोलाई सम्बोधन गर्दैगर्दा नमस्कार प्रधानमन्त्रीज्यू, भनेपछि एउटा भएको प्रधानमन्त्री, अर्को हुनेवाला प्रधानमन्त्री, एउटा भइसकेको प्रधानमन्त्री, प्रधानमन्त्री नै प्रधानमन्त्री बसेको अवस्था हुन्छ । थापाले भने, ‘एकछिनपछि प्रमुख प्रतिपक्षसँग बैठक छ ५ बजे । त्यहाँ पनि को बस्ने भन्दा तिनवटा प्रधानमन्त्री । एउटा भइसकेको प्रधानमन्त्री, एउटा हुनेवाला प्रधानमन्त्री, एउटा हुनसक्ने प्रधानमन्त्री बस्ने बैठक । यो हाम्रो राजनीतिको दुःखद् पक्ष हो ।’

थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास शुरु भएको बताए । उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरिरहेको उनले बताए। उनले पुराना नेतृत्वसँगको प्रतिष्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिष्पर्धा गर्ने संकेत गरे ।

उनले भने, ‘म शेरबहादुर देउवा र सुशील कोईरालाको बिचमा संसदीय दलको चुनाव हुँदै गर्दा नेपाली कांग्रेसको संसदीय दलको कर्मचारीलाई फोन गरेर मिलाएर उहाँले ढोकामा भन्दिएर लुकेर पछाडीको ढोकाबाट, पर्खालबाट आएर हेरेको मैले त्यो चुनाव । अस्ति म त्यही गेटबाट सांसद भएर म त्यहाँ गएर चुनाव प्रतिष्पर्धा गरेर आएको हो नि त । त्यसको परिवर्तन गर्ने प्रयास पनि त भइरहेको छ । हस्तक्षेप गर्ने प्रयास भइरहेको छ ।’

उनले प्रश्न गरि रहेको तर उत्तर परिणाम नआएको बताए । हामी यति त हो नि भनेर बसेका छौनौं छिनोले हानेको हानेकै छौँ । फुटेको छैन । तर घन छोडेर भागेको पनि छैनौं । थापाले भने, ‘थाक्यौँ भनेर हात उठाएर गएर समर्पण गरेको छैन । हानेको हानेकै छौं । हान्दै गएपछि त्यो त फुट्छ फुट्छ । नफुटिकन सुखै छैन । फुटिसकेपछि त्यसपछि नयाँ कुरा प्रारम्भ हुन्छ । यसरी हेर्यौँ भने अलिकति सकारात्मक लाग्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *