राष्ट्रियसभा सदस्यको भागबन्डा गर्न गठबन्धनमा छलफल, अन्य दलसँग पनि छलफल गरिने

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयलाइ लिएर आज बालुवाटारमा कांग्रेस र माओवादीबीच छलफल भएको छ।

गठबन्धनमा अहिलेसम्म सीटको भागबन्डा मिलिसकेको छैन । आजको बैठकमा दुई दलबीचको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको र त्यही आधारमा सीट भागबन्डाको तयारीको विषयमा छलफल भएको हो । यस्तै गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर निष्कर्षमा पुर्‍याउने सहमति बनेको छ ।

बैठकमा माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र रमेश लेखक सहभागी थिए।

माघ ११ गते राष्ट्रियसभाको निर्वाचनमा हुँदैछ। ११ गते हुने निर्वाचनको लागि यही २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेकाले गठबन्धन घटकले भागबन्डाको छलफल थालेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *