बालकुमारी घटनामा २ युवकको मृत्यु, एसपी कार्की भन्छन्: गोलि हानेको छैन

No ads found for this position
No ads found for this position

काठमाडौं। बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी घटनामा दुई युवकको मृत्यु हो।

बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला ईपीएस आन्दोलनकारीहरुले पुलमै गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई बाहिर निकालेर आगो लगाएका थिए ।

आन्दोलनकारीले गाडीमा आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा करिब २३ वर्षीय सुजन राउत छन् । उनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बालकुमारी घटनामा मृत्यु भएका अर्का युवकको पहिचान खुलेको छैन। पाटन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीलेले जनाएको हो।

प्रहरी गोलि नचलाएको छैन: एसपी कार्की

ललितपुर प्रहरी प्रवक्ता एसपी नवराज कार्कीले यो घटनामा गोलि नचलाएको बताए । उनले मन्त्रीकै सवारीसाधनमाथि तोडफोड र आगजनी भएपछि भीड हटाउन प्रहरीले कारवाही गरेको बताए ।

‘मृत्यु हुनेको शरीरमा गोली देखिएको छैन । टियरग्यास लागेको हुन सक्छ । प्रहरीले गोली चलाएको छैन । यो पोस्ट मार्टमबाट थाहा हुन्छ,’ एसपी कार्कीले भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *