सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि बहस हुने भएको छ।

बिहीबार सन्दीपका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा रहेको मुद्दामा शुक्रबार पनि बहस हुने भएको हो।

फैसला केन्द्रित सुनुवाइमा रहेको मुद्दामा गत आइतबारदेखि निरन्तर बहस भइरहेको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सरकारी पक्षको बहस भएको थियो। त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण अदालत बन्द रह्यो। बुधबार पीडित पक्षका कानुन व्यवसायी र सन्दीपका केही कानुन व्यवसायीले बहस गरेका थिए।

बिहीबार सन्दीपको प्रतिरक्षामा आधा दर्जन कानुन व्यवसायीले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै अदालती समय सकिएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *