बानेश्वरको आकासे पुलमा २ वटा लिफ्ट बनाउँदै महानगर

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा लिफ्ट राख्ने भएको छ ।

महानगरले ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी थालेको छ। उक्त पुलको दुवैपट्टी एक-एक वटा लिफ्ट राख्ने तयारी भएको महानगरले जनाएको छ।

लिफ्टको ज्येष्ठ नागरिक, शारीरिक रुपमा असक्षम, अपांगता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने छन् ।

आकासे पुलमा लिफ्ट राख्नका लागि कामपाले चालु आर्थिक वर्षमा पाँच करोड विनियोजन गरेको छ। चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुप नै कामपाले उक्त स्थानमा लिफ्ट राख्ने तयारी थालेको हो।

लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय