प्रिन्सिपल हत्यामा संलग्न भारतीय नागरिकलाई प्रहरीले गोली हानि समात्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- बाराको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंहलाई प्रहरीले गोली हानि पक्राउ गरेको छ ।

भारतीय नाकाबाट मङ्गलबार साँझ सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सिंह भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेको थियो । उनको दुबै खुट्टामा गोली लागेपछि कुद्न नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

गत कार्तिक १३ मा दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *